क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
काठमाडाैं | पुस १०, २०८२
काठमाडौं: कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले निमेशको निधनप्रति दुःख व्यक्त गर्दै कोशी प्रदेशले कुशल र प्रतिभाशाली क्रिकेट खेलाडी गुमाएको उल्लेख गरेका छन् ।
सचिव खड्काले यो खबरले स्तब्ध पारेको उल्लेख गर्दै थापाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै उनले परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।
‘अत्यन्तै दुःखद खबर प्राप्त भएको छ।कोशी प्रदेशका कुशल तथा अत्यन्त प्रतिभाशाली क्रिकेट खेलाडी भाइ मिनेश थापाको दुर्घटनामा परी असामयिक निधन भएको खबरले हामी सबैलाई गहिरो शोक र स्तब्धतामा पारेको छ’, सचिव खड्काले फेसबुकमा लेखेका छन्, ‘उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं। ईश्वरले दिवंगत आत्मालाई चिरशान्ति प्रदान गरून् तथा परिवारजनलाई यो अपार दुःख सहन सक्ने शक्ति प्रदान गरून् भन्ने कामना गर्दछौं।’
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

